• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान ★   भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह ★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि कानुन बनाउन समिति बनाईने ★   वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी ★   हारपछि कप्तान पावेलले निराश बन्दै भने – हामी ट्रफी जित्न… ★   सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ? ★   किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण ★   ढुङ्गेधारा छ, पानी छैन ★   बेनीमा मौसम मापन केन्द्र स्थापना

प्रहरीले नष्टगर्‍यो ८ हजार ८ सय ९६ थान हातहतियार-फोटो फिचर



काठमाडौं । नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका स्वत प्राप्त भएका र बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ ।

प्रहरीले वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।