३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद शर्माद्वारा गृह र अर्थमन्त्रीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

“उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिए ।