२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’को गीत बलिउडकै सबैभन्दा महँगो हुने, गीतको बजेटमा अर्को फिल्म बन्ने



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका फ्यानहरु उनको फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटले किंग खानका फ्यानहरुको बेचैनी बढाइरहेको छ । ‘जवान’ को रिलिज मिति नजिकिदै गर्दा प्रचारप्रसार पनि तिब्र रुपमा सुरु भएको छ ।

प्रिभ्यु र क्यारेक्टर पोस्टरपछि अब फिल्मको पहिलो गीत ‘जिन्दा बन्दा’ रिलिज हुँदैछ । मिडिया रिपोर्टका अनुसार गीत बनाउन १५ करोड भारु खर्च भएको छ । बलिउडको इतिहासमा यो सबैभन्दा महँगो गीत हुने बताइएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार, गीतको छायांकन चेन्नईमा पाँच दिनसम्म भव्य स्केलमा गरिएको छ, जसमा चेन्नई, हैदरावाद, बैंगलोर, मदुरै, मुम्बई र अन्य भारतीय शहरहरूका १००० भन्दा बढी डान्सरहरू सामेल हुनेछन् । १५ करोडभन्दा बढीको प्रभावशाली बजेटमा बनेको जिन्दा बन्दामा शाहरुख खान हजारौं नर्तकहरूसँग नाच्दैछन् ।

गीतको संगीत अनिरुद्धले गरेका हुन् । यससँगै उनले यस फिल्मको गीत पनि गाएका छन् भने स्टेपको कोरियोग्राफी शोबीले गरेका छन् । गीत कत्तिको भव्य हुने भन्ने अनुमान इन्टरनेटमा भइसकेको छ । गीतमा प्रियमणी वा अन्य कुनै साउथ स्टारको पनि क्यामियो हुनेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् । अनिरुद्धले वाथी कमिङ, अरबी कुथु र हालै विक्रमको रेकर्ड तोड्ने एल्बम जस्ता हिट गीतहरू गाएका छन् ।

एटलीले जवानलाई निर्देशन गरेका छन् । फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धी डोग्रा, सुनील ग्रोवर र मुकेश छाबराको अभिनय रहेको छ । फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज हुँदैछ ।