५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्न पुगेका लघुवित्तीय संस्था पीडितहरूसँग प्रहरीको घम्साघम्सी परेको छ ।

विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । त्यही क्रममा संसद् भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको छ ।

सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि प्रतिकारमा प्रदर्शनकारीले प्रहरीको ब्यारिगेट तोड्न खोजेपछि प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी परेको थियो । सुरक्षाकर्मीले रोकेपछि उनीहरुले त्यहीँ प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।