१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

बाद्यवादनमा भविष्य खोज्दै

बाद्यवादनमा भविष्य खोज्दै
अ अ+ अ-

पाल्पा । सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।

उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार वर्षदेखि काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ । उहाँको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ । काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउनुहुन्छ । घर नै सङ्गीतको मीठो धुनले गुञ्जयमान छ ।

“सङ्गीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु”, काफ्लले भन्नुभयो, “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।”

गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गर्नुभएका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिक्नुभयो । अहिले उहाँ गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भइ बाद्यवादनको काम गर्नुहुन्छ । घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउनुहुन्छ । “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ”, उहाँले भन्नुभयो ।

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउनुहुन्छ । धार्मिक कार्यमा सहभागी भएवापत उहाँले छ घन्टाको समय बाद्यवादनमा खटिएवापत रु पाँच हजारसम्म रकम बुझ्नुहुन्छ । भविष्यमा राम्रो सङ्गीतकार बन्ने काफ्लले लक्ष्य छ । घरमा बुवाआमाको राम्रो साथ सहयोग पाउनुभएका काफ्लेले एसइई परीक्षा उत्तीर्णपश्चात सङ्गीत र संस्कृत शिक्षा पढ्ने योजना बनाउनुभएको छ ।

यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिक्नुभएका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ । मादल, हार्मोनियम र गीतारमा उहाँले राम्रो ताल भर्नुहुन्छ । पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उहाँ अन्य बाजा बजाउन सिकिरहनुभएको छ ।

पोखरेल भन्नुहुन्छ, “सिक्न थालेपछि सङ्गीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा सङ्गीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु ।”

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ । भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उहाँको सोच छ । पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित हुनुहुन्छ ।

यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि सङ्गीतमै रमाउनुभएको छ । घरमा विस्तारै मादल बजाउन सिक्नुभएका उहाँले आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिहनुभएको छ । पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउनुहुन्छ । पन्ध्र वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ । मादल, किबोर्ड र गितारका धुनमा उहाँ खाली समय बिताउनुहुन्छ ।

सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेटलगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्नुहुन्छ । अहिले अक्टोप्याड, हार्मोनियमलगायत बाजामा उहाँ ताल भर्न सिक्दै हुनुहुन्छ ।

“घरमा अभिभावकले महत्व दिएर बाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले बाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ”, उहाँले भन्नुभयो ।

सङ्गीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ । साहित्य र सङ्गीतका अनेकौँ रूप छन् । शब्दको सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो । मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ ।

रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउनुहुन्छ । बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा सङ्गीत सिक्ने गरेको बताउनुहुन्छ । उहाँ घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता सङ्गीतमा गीतअनुसारको ताल निरन्तर सिकिरहनुभएको छ । सानो उमेरमा पनि बाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ । सङ्गीतका अलवा उहाँलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले सङ्गीत सिक्न थाल्नुभएको हो ।

रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट बञ्चित छन् । एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको सङ्गीत पैदा भइरहेको हुन्छ ।

दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ ।रासस