१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बगाउँदा महिला बेपत्ता



अ+ अ-

लुम्बिनी । दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता हुनुभएको पारिवारिक स्रोतको भनाइ छ ।

आज ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । रासस