• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नियुक्त भएको सात महिनापछि नै पदमुक्त भए चिनियाँ विदेशमन्त्री काङ 



एजेन्सी । चीनका विदेशमन्त्री छिन काङ पदमुक्त भएका छन् । उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए ।

उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । बीबीसीका अनुसार अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन् । उनी यसअघि पनि विदेशमन्त्री थिए ।

लामो समयसम्म सार्वजनिक जीवनबाट देखा नपरेका छिन काङलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा काङलाई चिनियाँ राष्ट्रपति सी जिनपिङका एक विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो ।

चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ ।