८ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियुक्त भएको सात महिनापछि नै पदमुक्त भए चिनियाँ विदेशमन्त्री काङ 



अ+ अ-

एजेन्सी । चीनका विदेशमन्त्री छिन काङ पदमुक्त भएका छन् । उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए ।

उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । बीबीसीका अनुसार अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन् । उनी यसअघि पनि विदेशमन्त्री थिए ।

लामो समयसम्म सार्वजनिक जीवनबाट देखा नपरेका छिन काङलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा काङलाई चिनियाँ राष्ट्रपति सी जिनपिङका एक विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो ।

चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ ।