३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् ।

भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबै भन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् ।

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भएपनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ । उहाँले यो संक्रमणको असर आगामी वर्षमा गाई भैँसीहरुमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो । यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरुलाई राहत उपलब्ध गराउने विषयामा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराउनु भयो ।

मैनालीले भन्नुभयो, ‘अहिले चाँगुनारायण नगरपालीकाको सिनारीयो हेर्दा ८० प्रतिशत गाईमा क्षती पुगेको छ । जसले गर्दा दुध उत्पादन घटेको छ । अहिले गाईहरुमा कृत्रिम गर्भाधारण भइरहेको छैन । त्यसको असर अर्को वर्ष देखापर्न सक्छ । हामीले माथिल्लो निकायलाई अनुरोध गरेका छौं । मृत्युदरको मात्रापनि ठूलो संख्यामा रहेको देखिन्छ । अहिले हामीले डाटा लिइरहेका छौं । कम्पाइल गरेका छैनौं ।’

चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ ।

सोक्रममा चाँगुनारायण नगरपालिका पशुपंक्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले लम्पी स्किन रोग लागेका गाई भैंसीको दुध खान हुन्छ वा हुन्न भन्ने किसानहरुको ठूलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गर्नुभयो । संक्रमण नियन्त्रणका लागि एन्टिबाइटिक प्रयोग भएको गाई भैंसीमा भने ७ दिनसम्म दुध खान नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘किसानहरुले दुध खान हुन्छ की हुँदैन भनेर जिज्ञासा राख्नुभयो । दुध त हामीले खान छोडिसक्यौं, व्यवसायमा पनि अफ्ठ्यारो भयो भन्ने सुनियो । त्यो चाहीँ भ्रम नै हो । दुधबाट सर्दैन, त्यती चाहीँ ढुक्क हुनुस् । यो मान्छेलाई नै सर्दैन । नितान्त गाई र भैंसीलाई लाग्ने हो । भैंसीलाई छिटपुट र गाईलाई धेरै लाग्छ यो रोग ।

भैंसीसँग यो रोग लड्ने क्षेमता बढी छ भनेर बुझ्नुप¥यो । केहिले बाख्राहरुमा लाग्यो भनेर भ्रम फैलाउनु भयो । जस्तैः बाख्रामा गाठागुठी आयो, अलिअलि फोका देखियो अनि बाख्रालाई पनि लम्की लाग्यो की भनेर भन्नुभयो । त्यो चाहीँ एकदमै भ्रमको कुरा हो । बाख्रामा यो रोग लाग्दैन । तपाईहरुले गाई र भैंसीमा लाग्ने रोग हो भनेर बुझ्नुप¥यो । यसमा पनि गाईमा मुख्य भैंसीमा एकदमै कम । रिपोर्टमा पनि भैंसीमा खासैं लम्पी स्कीन रोग लागेको पाएनौं । गाईमा अलिक सिरीयस हुने अवस्था देख्यौं ।’

नगरपालिकाका पीडित किसानहरुले भने नगरपलिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरु पनि दरवन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ । उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरुको भनाई छ ।