२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् ।

भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबै भन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् ।

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भएपनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ । उहाँले यो संक्रमणको असर आगामी वर्षमा गाई भैँसीहरुमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभयो । यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरुलाई राहत उपलब्ध गराउने विषयामा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराउनु भयो ।

मैनालीले भन्नुभयो, ‘अहिले चाँगुनारायण नगरपालीकाको सिनारीयो हेर्दा ८० प्रतिशत गाईमा क्षती पुगेको छ । जसले गर्दा दुध उत्पादन घटेको छ । अहिले गाईहरुमा कृत्रिम गर्भाधारण भइरहेको छैन । त्यसको असर अर्को वर्ष देखापर्न सक्छ । हामीले माथिल्लो निकायलाई अनुरोध गरेका छौं । मृत्युदरको मात्रापनि ठूलो संख्यामा रहेको देखिन्छ । अहिले हामीले डाटा लिइरहेका छौं । कम्पाइल गरेका छैनौं ।’

चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ ।

सोक्रममा चाँगुनारायण नगरपालिका पशुपंक्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले लम्पी स्किन रोग लागेका गाई भैंसीको दुध खान हुन्छ वा हुन्न भन्ने किसानहरुको ठूलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गर्नुभयो । संक्रमण नियन्त्रणका लागि एन्टिबाइटिक प्रयोग भएको गाई भैंसीमा भने ७ दिनसम्म दुध खान नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘किसानहरुले दुध खान हुन्छ की हुँदैन भनेर जिज्ञासा राख्नुभयो । दुध त हामीले खान छोडिसक्यौं, व्यवसायमा पनि अफ्ठ्यारो भयो भन्ने सुनियो । त्यो चाहीँ भ्रम नै हो । दुधबाट सर्दैन, त्यती चाहीँ ढुक्क हुनुस् । यो मान्छेलाई नै सर्दैन । नितान्त गाई र भैंसीलाई लाग्ने हो । भैंसीलाई छिटपुट र गाईलाई धेरै लाग्छ यो रोग ।

भैंसीसँग यो रोग लड्ने क्षेमता बढी छ भनेर बुझ्नुप¥यो । केहिले बाख्राहरुमा लाग्यो भनेर भ्रम फैलाउनु भयो । जस्तैः बाख्रामा गाठागुठी आयो, अलिअलि फोका देखियो अनि बाख्रालाई पनि लम्की लाग्यो की भनेर भन्नुभयो । त्यो चाहीँ एकदमै भ्रमको कुरा हो । बाख्रामा यो रोग लाग्दैन । तपाईहरुले गाई र भैंसीमा लाग्ने रोग हो भनेर बुझ्नुप¥यो । यसमा पनि गाईमा मुख्य भैंसीमा एकदमै कम । रिपोर्टमा पनि भैंसीमा खासैं लम्पी स्कीन रोग लागेको पाएनौं । गाईमा अलिक सिरीयस हुने अवस्था देख्यौं ।’

नगरपालिकाका पीडित किसानहरुले भने नगरपलिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरु पनि दरवन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ । उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरुको भनाई छ ।




भर्खरै