• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

मोरक्कोको पोस्टमा जर्मनीको आधा दर्जन



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार दिउँसो अष्ट्रेलियाको मेलवर्न रेक्टांगुले स्टेडियममा भएको समूह चरण अन्तर्गतको खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले पराजित गरेको हो ।

जर्मनीलाई फराकिलो जित दिलाउन अलेक्जान्ड्रा पोपले दुई गोल गरिन् भने क्लारा वुहल र लिआ सुलेरले एक–एक गोल गरे । दुई गोल भने जर्मनीले उपहारस्वरुप पायो ।

मोरक्कोकी हनाने हजले ५४ औं तथा यासमिन एम्रावेटले ७९ औं मिनेटमा गोल गरेका थिए । पोपले ११ औं तथा ३९ औं मिनेटमा दुई गोल गरिन् भने क्लाराले ४६ औं तथा सुलेरले ९० औं मिनेटमा गोल गरिन् ।

समूह एच मा रहेको जर्मनीले महत्वपूर्ण तीन अंक जोड्दा मोरक्कोले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।