२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
Latest
त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ? सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरी । आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बीच घरायसी वादविवादको कारण झैं(झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।