• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि कानुन बनाउन समिति बनाईने ★   वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी ★   हारपछि कप्तान पावेलले निराश बन्दै भने – हामी ट्रफी जित्न… ★   सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ? ★   किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण ★   ढुङ्गेधारा छ, पानी छैन ★   बेनीमा मौसम मापन केन्द्र स्थापना ★   भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड ★   बेहुलाको घर पुगेपछि भावुक भइन् सोनाक्षी

अन्ततः ट्वीटरको लोगो परिवर्तन, ‘निलो चरो’को ठाउँमा ‘एक्स’



एजेन्सी । ट्विटरको नयाँ नाम अब ‘एक्स’ राखिएको छ । कम्पनीका मालिक एलन मस्कले एक्स डटकम लाई ट्वीटर डटकममा लिङ्क गरेका छन् । अर्थात्, एक्स डटकम लेख्दा, तपाईं सिधै ट्विटरको वेबसाइटमा पुग्नुहुनेछ । अब माइक्रोब्लगिङ प्लेटफर्मको ब्लू बर्ड लोगो पनि परिवर्तन भएको छ ।

मस्कले आफ्नो प्रोफाइल तस्वीर पनि परिवर्तन गरेर ‘एक्स’ राखेका छन् । उनले एउटा भिडियो पनि पिन गरे जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ । एक्स एक प्लेटफर्म हुनेछ जसले सबै कुरा प्रदान गर्न सक्छ । साथै भुक्तानी, बैंकिङ र ई–कमर्स जस्ता सेवाहरू ।

ट्विटरका सीईओ लिन्डा याकारिनोले भनिन् – एआई शक्तिले हामीलाई हामीले कल्पना गर्न थालेका तरिकाहरूमा जडान गर्नेछ । विगतमा, मस्कले यस प्लेटफर्मलाई ‘एक्स एभिरिथिङ’ एपमा रूपान्तरण गर्न लिन्डासँग काम गर्न उत्सुक रहेको बताएका थिए ।’

एलन मस्कको ‘एक्स’ लेटरसँगको सम्बन्ध सन् १९९९ को हो । त्यसताका उनले एक्स डटकम अनलाइन बैंकिङ कम्पनी बनाएका थिए । यो पछि अर्को कम्पनीमा मर्ज भएर पेपल बन्यो । २०१७ मा, मस्कले पेपलबाट युआरएल एक्स डटकम पुनः खरिद गरे ।

मस्कले भनेका छन् कि डोमेन उनको लागि ‘ठूलो भावनात्मक मूल्य’ हो । ४ महिनाअघि एलन मस्कले ट्विटरको नीलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो बनाएका थिए । उनले ट्विटमा भनेका थिए– आफूले गरेको वाचा पूरा गरेँ । तर, पछि उनले फेरि निलो चरालाई ट्विटरको लोगो बनाए ।

ट्वीटरको सिइओ बनेपछि मस्कका ४ ठूला फैसलाहरु
१. आधाभन्दा बढी कर्मचारीलाई हटाइयो
२.धेरै ब्लक खाताहरू अनब्लक गरियो
३.ब्लू सब्सक्रिप्शन सर्भिस लञ्च
४. क्यारेक्टर लिमिट बढाइयो, पोस्ट पढ्ने लिमिट तय