• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

इटालीले अर्जेन्टिनालाई हरायो



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत इटालीले विजयी सुरुवात गरेको छ । सोमबार न्यूजिल्याण्डको एडेन पार्क मैदानमा भएको समूह चरणको खेलमा इटालीले अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो ।

ईटालीलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ८७ औं मिनेटमा क्रिस्टियन जिरेलीले गोल गरिन् ।

जितसँगै समूह जी मा रहेको इटालीले तीन अंक जोडेको छ भने अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुवात गरेको छ ।