• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बाजुरामा बाढीले ट्याक्टर बगाउँदा चालक बेपत्ता



कैलाली । बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलामा आएको बाढीले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् ।

कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी से२त ३२२५ नम्बरको ट्याक्टरसहित बगाउदा बेपत्ता भएका हुन् ।

उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीको अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो र त्यसपछि चौधरी बेपत्ता भएका थिए ।