२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दलद्वारा जित हासिल गरेको दाबी



कम्बोडियाका प्रधानमन्त्री हुन सेन मतदानमा सहभागी हुँदै । (Photo by TANG CHHIN SOTHY / AFP)
अ+ अ-

विपक्षी दलहरूमाथि दमन गरेको भन्दै आरोप खेप्दै आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले आइतबार भएको आम निर्वाचनमा पनि भारी मत सहित विजयी भएको पार्टीका प्रवक्ताले बताएका छन् ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भन्नुभयो, “सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ । मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ । यो सीपीपीको लागि अर्को ठूलो सफलता हो ।”

उहाँले भन्नुभयो, “सीपीपीको जितले वास्तवमा सीपीपीको नेतृत्वप्रति जनताको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।”

राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय निर्वाचन समितिले आइतबार साँझसम्म पनि देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ । एजेन्सी