२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० वर्षको उमेरमा पाँचौं श्रीमतीसँग हनिमुन, भन्छन् – अझै विवाह गर्न चाहन्छु



अ+ अ-

एजेन्सी । संसारमा विवाहलाई लिएर मानिसहरुको फरक फरक धारणा छ । बिहेको नाम सुनेपछि कतिपय युवायुवती त्यसमा त्यती चासो दिँदैनन् । तर, कतिपय यस्ता छन् जो बुढेसकालमा पनि दुलहा बन्न तयार हुन्छन् ।

अहिले साउदी अरेबियाबाट यस्तै एउटा घटना बाहिर आएको छ । यहाँ ९० वर्षको उमेरमा एक पुरुष पाँचौं विवाह गरेर साउदी अरबको सबैभन्दा जेठो दुलहा बनेका छन् । साउदी अरबको मिडियामा यी वृद्ध आफ्नो पाँचौं विवाहका कारण चर्चामा छन् ।

एक ९० वर्षीय पुरुषले आफ्नी पाँचौं श्रीमतीसँग हनिमून मनाइरहेका छन् । अझै बिहे गर्ने इच्छा रहेको उनको भनाइ छ । एक मिडिया रिपोर्टका अनुसार ती व्यक्तिको नाम नादिर बिन दाहैम वाहक अल मुर्शिदी अल ओतैबी हो, जसले साउदीको अफिफ प्रान्तमा आफ्नो पाँचौं विवाह मनाएका थिए ।

उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यसमा मानिसहरू पाँचौं विवाहको बधाई दिइरहेको देख्न सकिन्छ ।

साउदीका जेठी दुलहाले एक अन्तर्वार्तामा विवाहबारे आफ्नो धारणा व्यक्त गरेका छन् । यी व्यक्तिले विवाहलाई सुन्नत (इस्लाममा पैगम्बर मोहम्मदले तोकेका परम्परा र अभ्यासहरू) भने । अविवाहितले बिहे गर्नुपर्छ भन्ने पनि उनी बताउँछन् ।

९० वर्षको उमेरमा बिहे गरेपछि उक्त व्यक्तिले यो बिहेपछि फेरि बिहे गर्न चाहेको बताउँछन् । उनी भन्छन् कि वैवाहिक जीवन सबैभन्दा शक्तिशाली छ, यो विश्वासको कार्य हो र ‘अल्लाह’को अगाडि गर्वको विषय हो ।

उनले विवाह गर्दा जीवनमा खुसी आउने, विवाहले संसारमा समृद्धि ल्याउने बताए । आफ्नो स्वास्थ्यको रहस्य विवाह नै रहेको बताए । युवाका लागि विवाह गर्न हिचकिचाउने युवालाई धर्म बचाएर जीवनभर विवाह गर्न उनी आग्रह गर्छन् ।