३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० वर्षको उमेरमा पाँचौं श्रीमतीसँग हनिमुन, भन्छन् – अझै विवाह गर्न चाहन्छु



अ+ अ-

एजेन्सी । संसारमा विवाहलाई लिएर मानिसहरुको फरक फरक धारणा छ । बिहेको नाम सुनेपछि कतिपय युवायुवती त्यसमा त्यती चासो दिँदैनन् । तर, कतिपय यस्ता छन् जो बुढेसकालमा पनि दुलहा बन्न तयार हुन्छन् ।

अहिले साउदी अरेबियाबाट यस्तै एउटा घटना बाहिर आएको छ । यहाँ ९० वर्षको उमेरमा एक पुरुष पाँचौं विवाह गरेर साउदी अरबको सबैभन्दा जेठो दुलहा बनेका छन् । साउदी अरबको मिडियामा यी वृद्ध आफ्नो पाँचौं विवाहका कारण चर्चामा छन् ।

एक ९० वर्षीय पुरुषले आफ्नी पाँचौं श्रीमतीसँग हनिमून मनाइरहेका छन् । अझै बिहे गर्ने इच्छा रहेको उनको भनाइ छ । एक मिडिया रिपोर्टका अनुसार ती व्यक्तिको नाम नादिर बिन दाहैम वाहक अल मुर्शिदी अल ओतैबी हो, जसले साउदीको अफिफ प्रान्तमा आफ्नो पाँचौं विवाह मनाएका थिए ।

उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यसमा मानिसहरू पाँचौं विवाहको बधाई दिइरहेको देख्न सकिन्छ ।

साउदीका जेठी दुलहाले एक अन्तर्वार्तामा विवाहबारे आफ्नो धारणा व्यक्त गरेका छन् । यी व्यक्तिले विवाहलाई सुन्नत (इस्लाममा पैगम्बर मोहम्मदले तोकेका परम्परा र अभ्यासहरू) भने । अविवाहितले बिहे गर्नुपर्छ भन्ने पनि उनी बताउँछन् ।

९० वर्षको उमेरमा बिहे गरेपछि उक्त व्यक्तिले यो बिहेपछि फेरि बिहे गर्न चाहेको बताउँछन् । उनी भन्छन् कि वैवाहिक जीवन सबैभन्दा शक्तिशाली छ, यो विश्वासको कार्य हो र ‘अल्लाह’को अगाडि गर्वको विषय हो ।

उनले विवाह गर्दा जीवनमा खुसी आउने, विवाहले संसारमा समृद्धि ल्याउने बताए । आफ्नो स्वास्थ्यको रहस्य विवाह नै रहेको बताए । युवाका लागि विवाह गर्न हिचकिचाउने युवालाई धर्म बचाएर जीवनभर विवाह गर्न उनी आग्रह गर्छन् ।