२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज ६ मा प्रधानमन्त्री चीन जाने तर बेइजिङ जाने सम्भावना कम



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सेप्टेम्बर २३ अर्थात असोज ६ गतेदेखि तीन दिने भ्रमणको मिति तय भएको परराष्ट्र स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड १९ औँ संस्करणको एशियन गेम्स (एशियाड) को उद्घाटन समारोहमा सहभागी हुन होङ्झाउ जाने कार्यक्रम तय भएको छ । तर उहाँ बेइजिङ जाने कार्यक्रम भने तय भइनसकेको स्रोतले जनाएको छ ।

बेइजिङ जाने कार्यक्रम तय नभएमा नै चिनियाँ अधिकारीहरुसँग द्विपक्षीय भेट हुने जनाइएको छ । भ्रमणको तयारी गरिरहेको परराष्ट्र स्रोतका अनुसार यस पटक चिनियाँ पक्षले नयाँ सम्झौता नगर्ने तर राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताहरुको पालना गर्न आग्रह गर्ने जनाइएको छ । विसं २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्नुभएको थियो ।

भ्रमणका अवधिमा दुई देशबीच २० वटा बुँदामा सहमति भएको थियो ।

यी हुन् सहमति भएका विषय

१) सीमा व्यवस्थापन प्रणालीमा नेपाल सरकार र चीनबीचको सम्झौता

२) नेपाल सरकार र चीनबीचको एक्सचेन्ज र प्रशासन क्षमता अभिवृद्धिमा सहयोग

३) नेपाल आपराधिक मामिलामा पारस्परिक कानूनी सहयोगका बारे नेपाल र चीनबीचको सन्धि

४) नेपाल र चीनको बीचमा सगरमाथा र झुमुलंगमा संरक्षण सहयोगमा सम्झौता पत्र

५) नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादनशील क्षमतामा लगानी र सहयोगका मुख्य परियोजनाहरुलाई प्रवर्द्धन गर्ने सहमति पत्र ।

६) छेन्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न नोटको आदानप्रदान

७) नेपालको भौतिक पूर्वाधार र यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल क्रस–सीमा रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन ।

८) नेपालको काठमाडौँ महानगरपालिका र चीनको नानजिन सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा सम्झौता ।

९) नेपालको बुटवल उप–महानगरपालिका र चीनको सिआन सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता ।

१०) नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधिको राष्ट्रिय प्रशासनबीच पारम्परिक चिकित्सासम्बन्धी सहमति ।

११) प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिक्रियामा सहयोग पुर्याउने सम्बन्धमा नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच सहमति ।

१२) चीनको सर्वोच्च व्यक्तित्वको प्रचारक र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीचको सहकार्य सम्बन्धमा सहमति ।

१३) त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्बन्धमा नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस संस्थानको मुख्यालयबीच सहमति ।

१४) नेपाल सरकारबाट चीनमा सिट्रस फल निर्यातका लागि फाइटोसनेटरी आवश्यकताहरूको प्रोटोकल नेपाल सरकारको कृषि विभाग र चीनको भन्सार विभागको सामान्य प्रशासनबीच सम्झौता

१५) उद्योग, वाणिज्य र नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारमा संयुक्त कार्य समूहको स्थापना सम्बन्धमा सम्झौता ।

१६) नेपालमा चीन सहायता भूकम्प निगरानी नेटवर्क परियोजनाका लागि डेलिभरी र स्वीकृति प्रमाणपत्रमा सम्झौता

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यसमूह स्थापना गर्न सम्झौता

१८) टनेल निर्माण सहयोग सम्बन्धमा नेपालको अर्थमन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता

१९) सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि पत्रको आदानप्रदान

२०) काठमाडौँ उपत्यकामा चीन–सहायता नगरपालिका खानेपानी सुधार परियोजनाको सम्भाव्यता खोजीका लागि माइनुट मिटिङ सम्झौता