काठमाडौं । नेपालमा थप ८९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
यस्तै शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९ रहेको छ । पछिल्लो २४ घण्टामा ८८४८ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितसँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ लाख ५ हजार ६४ पुगेको छ । ३ लाख ८३ हजार ६८४ संक्रमित निको भएका छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।











