२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार ८९८० संक्रमित थप, १२९ जनाको मृत्यु, ८८४८ संक्रमणमुक्त



अ+ अ-

काठमाडौं ।  नेपालमा थप ८९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९ रहेको छ । पछिल्लो २४ घण्टामा ८८४८ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । 

थपिएका संक्रमितसँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ लाख ५ हजार ६४ पुगेको छ । ३ लाख ८३ हजार ६८४ संक्रमित निको भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।