२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डको सबै नेक्सस केलाउँछौं, अपराधीले उन्मुक्ति पाउदैन – गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरि बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन् ।

प्रहरी प्रमुखसँगै विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए ।

गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना दोहरिन नदिन योजना बनाएर अघि बढ्ने बताए । उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

पत्रकारले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको चर्चाबारे जिज्ञासामा मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । उनले भने, ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन’।

मन्त्री श्रेष्ठले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको र छानबिनमा राज्यका अरु निकायहरुले पनि सघाउने विश्वास व्यक्त गरे ।