२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर कसरी बाहिरियो क्विन्टल सुन ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । राजस्व विभागले बुधबार तस्करीको करिब सय किलो सुन बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिएको थियो।

यतिबेला विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर क्विन्टल सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। प्रहरीले बाहिरबाट आउने सामान ओसारपसार र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने बताएको छ। उक्त प्रकरणमा भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभागले जनाएको छ।

तस्करले मोटरसाईकल र स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको बताईएको छ। स्रोतका अनुसार चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ बजेर ११ मा गरेका थिए।

भन्सार जाँचपास सकेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो। ‘ब्रेक सु’का नाममा सुन भित्रायाउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा २०७९ चैत २१ गते दर्ता भएको थियो। रेडी ट्रेडर्स कम्पनीका मालिक २१ बर्षिय दिलिप भुजेल पक्राउ परिसकेका छन्।

यस प्रकरणमा दश जना पक्राउ परिसकेका छन् । यसबारे थप अनुसन्धान भईरहेको छ ।