२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डबारे बाबुरामको टिप्पणी: अब पशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्ने छैनन् !



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट मात्र सम्भब नहुने जनाउनु भएको छ ।

पछिल्लो सुन तस्करी प्रकरण बारे सामाजिक संञ्जालमा टिप्पणी लेख्दै नेता भट्टराईले बिमानस्थलको सुरक्षा घेरा नाघेर सय किलो सुन तस्करी हुनु सामान्य घटना नभएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

अन्तराष्ट्रिय विमानस्थलबाट त्यतिका जाचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन। यो पहिलो र अन्तिम पनि हैन ! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।

वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ।अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति र प्रशासन र सुरक्षासंयन्त्र रन्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं ! नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन् !