१९ श्रावण २०८३, मंगलवार
,
Latest
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कम्युनिष्ट शक्तिबीच एकताको खाँचो’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’ सम्बन्धी प्रतिवेदनमा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच एकताको खाँचो औँल्याइएको छ ।

प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन् । अध्यक्ष नेपालले आज प्रस्तुत गर्ने सो प्रतिवेदनमा सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषय समेटिएका छन ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म १४ नेताले धारणा राखिसक्नुभएको छ । बैठकमा सहभागी नेताहरुले सङ्गठन सुदृढीकरण अभियानलगायत विषयमा राखेका सुझाव तथा प्रतिक्रियाको जवाफ अध्यक्ष नेपालले आज दिनुहुने छ । रासस