३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि उद्धव थापाको आक्रोश– हिक्मतलाई मुख्यमन्त्री मान्नुस्, मलाई पर्दैन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पार्टी नेताले आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा केशव बुढाथोकीले कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् । उनले बुढाथोकीलाई आफूलाई मुख्यमन्त्री नमाने एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती समेत दिए ।

थापाले कांग्रेससहित गठबन्धन दलले मुख्यमन्त्री मानेपछि तपाईँले नमाने नि हुन्छ भन्दै बुढाथोकीमाथि आक्रोश व्यक्त गरे । ‘पार्टी नेता आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्नेमा सभामुख मान्ने कि नमान्ने मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभएको छ’, उनले भने,’तपाईँले हिम्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। कांग्रेसको गठबन्धन दलले मुख्यमन्त्री मानेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ।’