२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ: गभर्नर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा उहाँले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको उहाँको भनाइ थियो । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको गभर्नर अधिकारीले बताउनुभयो ।

बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको र अहिले प्रणालीमा सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता रहेको जानकारी दिनुभयो ।

तरलता राम्रो भएकाले करिब ६० अर्ब राष्ट्र बैंकले खिचेको उहाँले बताउनुभयो । साथै उहाँले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको छ । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए ।