• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौः मन्त्री चौधरी ★   बाबर आजमले पछि पारे विराट कोहलीलाई ★   राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता ★   बाल मन्दिर जग्गा प्रकरणः बाल संगठनका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ ★   मुख्यमन्त्री सतिसकुमारद्वारा १४ सदस्यीय मन्त्रीपरिषद् गठन ★   बालेनलक्षित ओलीको कटाक्ष – भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग परेजस्तै ★   रुपातालको किनारमा पक्की सडक निर्माण ★   मधेशको मुख्यमन्त्रीमा नियुक्त सतिशकुमारले लिए शपथ ★   रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको शिफारिस ★   चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

१०० किलो सुन तस्करी प्रकरणमा जाँचपास गर्ने कर्मचारी निलम्बित



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारीहरुलाई निलम्बित गरेको छ । विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निमलम्बन गरिएको जानकारी दिनुभयो ।

विभागको अनुसन्धान शाखाको निर्देशकको नेतृत्वमा उनीहरुसहित अन्य कर्मचारीमाथि पनि छानबिन गर्न समिति गठन भएको छ। सो समितिले सबै पक्षको अनुसन्धान गर्दै प्रतिवेदन दिने र प्रतिवेदनका आधारमा संलग्नता देखिएमा अन्य कर्मचारी पनि निलम्बनमा पर्ने खड्काले बताउनुभयो।

राजस्व अनुसन्धान विभागले अवैधरुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। सो क्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइँदा ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभागलाई क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौँ उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।