काठमाडौ । लगभग नेकपा एमालेलेबाट बाहिरिन लाग्नु भएका वा बाहिरिन बाध्य पारिनु भएका बरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक जीवनको कठिन मोडमा आई पुग्नुभएको छ । १५ बर्ष भन्दा बढी पार्टीको शक्तिशाली पद र दुईपटक सोही पार्टीबाट प्रधानमन्त्री बन्नुभएका नेपालका अगाडी अब नेकपा एमालेका बरिष्ठ नेताको उपाधी सायद धेरै समय सम्म नहरने बाटो तर्फ अघि बढेको छ ।
पार्टी संञ्चालन होस वा सरकार संञ्चालन बेला उहाँलाई कुर्सीबाट झार्न अनेक प्रयास गर्नेहरु घुम्दै फिर्दे उहाँको सारथी बनेका छन् भने कम्युनिष्ट शब्दाबली अनुसार सबै भन्दा ठुलो बर्ग शत्रु हाल सम्म अध्यक्ष मान्दै आउनु भएका अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली बन्नुभएका छ । पार्टीको महाधिबेशनबाट प्राबिधिक रुपमा अध्यक्ष पदमा ओली बिजय भए देखी नै पूर्ण रुपमा स्वीकार गर्न कठिन भएका नेता नेपाल ओलीको दुरी यति धेरै बढ्यो धेरै राजनीतिक सहकर्मी तथा उहाँहरु निकट ब्यवसायीले जोड्न् खोज्दा पनि सम्भब भएन ।
अब अध्यक्ष ओली संग एउटै पार्टीमा नबस्ने किष्कर्षमा पुग्नु भएका नेपालले यो परिस्थिती आउछ भन्ने अनुमान नै गरेर केही महिना अघि देखी नै आफना बिश्वासपात्र भीम रावललाई नयाँ पार्टी गठन र दर्ताको तयारी गर्न निर्देशन दिनुभयो । जस अनुसार नेता रावल नयाँ पार्टीका दर्ताका लागि आबश्यक पर्ने कागजपत्र बोकेर हिड्नु भएको पनि निकै भै सकेको छ । तर नेता नेपालको जति जति अध्यक्षओली संग दुरी बढ्दै जान्छ उहाँ निकट नेताहरुको अध्यक्ष ओली संगको सामिप्यता बढ्दै जान थालेको छ । जसका कारण उहाँलाई ओली संग भिड्नु संगै आफू संग रहेका नेता तथा कार्यकर्ता जोगाउनु पर्ने अप्ठारो अबस्थामा हुनुहुन्छ ।
उहाँ निकट भनिएका नेताहरु योगेश भट्टराई ,लालबाबु पण्डित, शेरबहादुर तमाङ्ग, कृष्णभक्त पोखरेल , बिष्णु रिजाल , लगायका थुप्रैले साथ छाडेपछि उहाँले अधिकासं नेता माथी संका गर्न थाल्नु भएको छ । जसका करण पछिल्ला रणनीतिक छलफलहरुमा गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे , लगायतका नेताहरु समेटिन छाडेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै बुझाईएको हस्ताक्षर पनि दुरुपयोग गरेको भन्दै उहाँ संगै रहेका नेताहरुले नेता नेपाल माथी प्रश्न उठाए उहाँले त्यसको खासकुरा के हो सार्बजनिक गर्नुभएको छैन । पछिल्ला दिन नयाँ पार्टी गठनको लागि तयारी गरिरहदा उहाँलाई कुन कुन नेता र कति कार्यकर्ताले साथ देलान् सर्बत्र चासो छ । उहाँ संग रहेर लामो समय देखी काम गर्दे आउनु भएका एक सांसद तथा नेताले न्यूजपोलार संग भन्नुभयो "बिद्रोह सोचे जस्तो सजिलो रहेनछ । सबै साथी आफना जस्ता लाग्छन् निर्णय गर्ने बेलामा कोही पनि होईनन् जस्तो लाग्छ ।"
ती नेताले भने- यतिबेला नेता नेपालको समूहभित्र पनि तीनधार देखापरेको छ । जसअनुसार पहिलो धार नेता नेपालले जे निर्णय गर्नुहुन्छ त्यसलाई आँखा चिम्लेर स्वीकार गर्ने, दोश्रो नेकपा एमाले अर्थात संस्थापन एमालेमा नै फर्कने र राजनीतिबाट बाहिरिने । जसमा पहिलो पक्ष निकै कमजोर रहेको, दोश्रोमा ठूलो संख्यामा नेताहरु रहेको र तेश्रोको संख्या न्यून रहेको रहेको छ ।
फाल्गनु २८ को फैसला पछि एमाले र माओबादी आ आफनो घरमा फर्किपछि दोवाटोमा रहनु भएका नेता नेपालले आज सम्म पनि कुन बाटो तय गर्ने भन्ने निधो सार्बजनिक त गर्नुभएको छैन । तर पनि समानान्तर गतिबिधि सञ्चालन गर्दे आउनुभएका कारण नयाँ पार्टी गठन नै उहाँको अबको बाटो हो भन्ने अनुमान लगाउन पनि कठिन छैन । पार्टी बिधान नै मान्ने हो भने ७० बर्षको छेउछाउमा रहनु भएका नेता नेपाल अब राजनीतिक जीबन बाट बिश्राम लिनु पर्ने समय हो । तर उहाँ मात्र यो बिषयमा किन अपबाद बन्नु होला र ?
फेरी नयाँ संरचना निर्माण गर्दे राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बन्ने र फेरी कार्यकारी भएर मुलुकको शासन सत्ताको बागडोर सम्हाल्ने अभिलाशा त्यसै किन सेलाउछ र । तर ती दिन पनि उहाँका लागि त्यत्ति सहज भने छैनन् । आखिर बलेको आगो ताप्ने बानि परेका नेता तथा कार्यकर्ता नयाँ चुल्हो बनाएर त्यसमा दाउरा खोज्दै आगो ताप्ने बेला सम्म धैर्य गर्लान कि बलिरहेको चुल्हाको छेउछाउमा पुगेर पालो आउछ भनेर कुर्छन ?
सायद सिद्धान्तनिष्ठ बन्न छाडेर व्यवसायीक बनेका ती कार्यकर्तामा त्यो धैर्यता होला र रुयस्तो अबस्था आएमा चिसो अगेना कति समय सम्म कुर्ने भन्ने कुरा ले पनि उहाँमा निरासा नआउला भन्न सकिन्न । भित्रि कारण जे भएपनि महाकाली संन्धीको कारण देखाउदै बिभाजन ५४ बहालवाला सांसद र एक सय एक नेता बोकेर हिड्नु भएका नेता बामदेब गौतम केही बर्षपछि पछि नै ब्याज त कता हो कता साउँ पनि जोगाउन सकिन भन्दै उहाँकै पालामा घर पर्किनु भयो ।
त्यस घटनालाई पार्टी पुन एकता भन्दा पनि भयो वा गौतमले पार्टी संञ्चालन गर्न सक्नु भएका घाडो भएको थियो जिम्मा लगाउनु भयो जे भन्दा पनि ठिकै हुने अबस्था थियो । कतै केही बर्ष पछि केही थान माईन्युट निरश कार्यकर्ता र कमजोर भूमिका फेरी पुरानौ बाटोमा फर्कने दिन नआउला भन्न पनि सकिन्न । किनकि आज सम्म नेपालका कुनैपनि पार्टी शैद्धान्तिक कारणले बिभाजन भएको छैन ।
चिरा चिरामा पुगेका बामपन्थी हुन् वा नेपाली काग्रेस र काग्रेस प्रजातान्त्रीक , माओबादी , राप्रपा , मधेशकेन्द्रिंत दल हुदै बिबेकशिल साझा पार्टी सम्म नेतृत्वको ईगो र एकले अर्कालाई सहज रुपमा स्वीकर गर्न नसने हठीस्वभाबका कारण नै बिभाजन भएका छन् । यसमा नेपाल मात्र किन अपबाद बन्नु होला र ?











