४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलजलामा बिरामी चितुवाको उद्धार



फाईल फोटो
अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उहाँले बताउनुभयो ।

पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्‍याएको क्षतिपूर्तिबापत पीडितलाई रु २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।  रासस