२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलजलामा बिरामी चितुवाको उद्धार



फाईल फोटो
अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उहाँले बताउनुभयो ।

पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्‍याएको क्षतिपूर्तिबापत पीडितलाई रु २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।  रासस