५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अठार अर्ब नाफामा आयल निगम



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा १८ अर्ब रुपैँयानाफा कमाएको छ । निगमले दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एकै वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैँया नाफा कमाएको हो ।

रुस–युक्रेन युद्धका कारण अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा घाटामा गएको थियो । रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपैँया घाटा बेहोरेको निगमले जनाएको छ। त्यस्तै आव २०७७/७८ मा पनि ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपैँया नाफा कमाउन सफल भएको जानकारी दिए ।

“रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भने “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।”

मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब र भ्याटबापतको साढे तीन अर्ब रुपैँयासमेत आइओसीलाई तिरेको निगमले जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट जग्गा धितो राखेर लिएको साढे तीन अर्ब रुपैँया समेत तिरिसकेको निगमले जनाएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ।