काठमाडौ । नयाँ दल गठनको गहृकार्यमा रहनु भएका झलनाथ खनाल–माधव नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।
यस अघि नयाँ दलका लागि खनाल नेपाल समूहमा छलफल भएको नेकपा एकिकृत र निर्बाचन चिन्ह कलम माग गर्दै राई सहितका बिद्यार्थी नेताले दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।
कलम चिन्ह हालै राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षका उम्मेदबार डा.खीमलाल देवकोटाले लिनुभएको थियो । संखुवासभा जिल्लाका राई नबिना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा पराजीत हुनुभएको थियो ।
पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाललाई राखिएको छ ।











