काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् । प्रतिनिधि सभा विघटन भएसंगै जिम्मेवारी मुक्त भएकी चौधरीले गाडि फिर्ता गरेकी हुन् ।
शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि सचेतक चौधरीले आइतबार कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरेको बताइन ।
संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ ।











