• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

मन्त्रीपरिषद्को निर्णय: प्रधानमन्त्री इटाली जाने ,नयाँ कम्पनी दर्ता र पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने



काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले भन्नुभयो शुल्क छुट दिनेबारे सुचना प्रकाशित गर्न अनुमति दिने निर्णय भएको छ ।

बैठकले इटालीमा आयोजना हुने संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति गरेको छ ।

यसै गरी सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रकोे संञ्चालक समितिको सदस्यमा डा रवि मल्ल लाई नियुक्त गर्ने निर्णय गरेको छ ।