१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक उकालो यात्रामा



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर रू तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रू ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार शिवम् सिमेन्ट रू १७ करोड ९८ लाख ६१ हजार तीन सय चार, हिमालयन लाइफ इन्स्योरेन्स रू १५ करोड ६३ लाख ९० हजार तीन सय ३३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रू ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स रू १० करोड २३ लाख ७१ हजार नौ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।

नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् । रासस