५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली मुद्रा र नक्कली सुनसहित एक पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली सुन र नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–१० घर भएका ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री रहेका छन् । उनलाई प्रहरीले असार ३० गते नागार्जुन नगरपालिका–२ सानोभर्याङस्थित उनको कोठाबाट नक्कली सुन र नक्कली मुद्रासहित पक्राउ गरिएको हो ।

काठमाडौँ–३ बसुन्धरास्थित वडा एरियाअन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको अधिकृतसहितको टोलीले केही मानिसहरुको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारी सोधपुछ गर्दा खत्री क्षेत्रीको कोठाबाट पनि नक्कली सुन र नक्कली मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ती सामानहरु बरामद गरी मुद्रासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

निज खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौँ–१० बस्ने ४५ वर्षीय विनयकुमार सिंहको साथबाट प्र्रहरीले २००० दरका भारतीय नक्कली नोटजस्तो देखिने ४ थान, १००० दरको नेपाली नक्कली नोटजस्तो देखिन ६ थान, ५०० दरको भारतीय मुद्राजस्तो देखिने ४ थान, १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो पहेँलो धातु राखिएको क्यूआर कोड राखिएको २०० प्याकेट, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १०० थान, बागमती प्रदेश–०२–०४१ प ९८८५ नम्बरको २२० सि।सि। को एउटा पल्सर मोटरसाइकल, एउटा लेमिनेसन मेसिन र २ वटा मोबाइल बरामद गरेको छ ।