१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब २६ करोडको चोरीका सामान बरामद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा रू नौ करोड ७९ लाख, भदौमा रू ११ करोड २५ लाख, असोजमा रू आठ करोड ७४ लाख ९४ हजार, कार्तिकमा रू छ करोेड ९१ लाख ५८ हजार बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्सिरमा रू आठ करोड ४८ लाख, ५१ हजार, पुसमा रू १७ करोड ५८ लाख ५० हजार, माघमा रू आठ करोड १९ लाख ९६ हजार, फागुनमा रू आठ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ ।

त्यस्तै, चैतमा रू ११ करोड १८ लाख ३० हजार, वैशाखमा रू १३ करोड ८१ लाख ८९, जेठमा रू ११ करोड ४३ लाख ६४ हजार र असारमा रू १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उहाँको भनाइ थियो ।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले रू २८ करोेड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले रू ६५ करोड, ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले रू एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले रू दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।

त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले रू २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले रू सात करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । रासस




भर्खरै