• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव ★   गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि ★   टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै ★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो



पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गर्नुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख किलोलिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् ।

डिपो निर्माणका लागि रु ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ । “एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा ट्याङ्की निर्माण गरिनेछन्”, उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।” नायव कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । रासस