२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न पीडितहरुको माग



अ+ अ-

काठमाडौँ । गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्ब कारबाही गर्न उक्त हत्यकाण्डका पीडितहरुले माग गरेका छन् ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आज रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिँदै अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौंसम्म अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको पीडा बोध भएको बताएको छ ।

समितिका संयोजक रुपसागर देवीले उक्त हत्याकाण्डका अपराधीहरुलाई कारवाही नगरे विभिन्न संघर्षका कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनुभएको छ ।

नेपालको संविधानअनुसार अपराध पीडितहरुलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीसम्बन्धी जानकारी पाउने हक हुने भन्दै ज्ञापनपत्रमा अपराध पीडितलाई कानूनबमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हकको समेत उल्लंघन भएको उल्लेख छ ।

“न्याय इन्साफ पाउनलाई सम्मानित सर्वोच्च अदालत प्रक्रियालाई अगाडि बढाउन मात्र परमादेशको मागसहित निवेदन दर्ता भएको अवस्था रहेको छ”, ज्ञापन पत्रमा भनिएको छ ।

उक्त घटना प्रचलित नेपाल कानूनबमोजिम मात्र अपराध नभई नेपाल पक्ष रहेको टर्चर कन्भेसनलगायत अन्य अन्तर्राष्ट्रिय महासन्धिसमेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधका रुपमा स्वीकार गरेको अवस्था रहेको ज्ञापन पत्रमा बताइएको छ ।

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १ः४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २८ जनाको मृत्यु भएको थियो ।