१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता



अ+ अ-

टेक्सस (अमेरिका) । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् ।

फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक÷एक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ ।

युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुप निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।

दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तुपको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पार्नुभएको थियो ।रासस