• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

कमल थापाको उद्घोष– अबको गन्तव्य ‘संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्य’



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य ‘संघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्य’ भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिबर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत ब्यक्त गरे ।

मुलुकको सम्पुर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचार रुपि महारोगले मुकुकको सबै अङ्गलाई क्षतबिक्षत पारेको समेत बताए । बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिबर्तनको डढेलोबाट मुकुक आक्रान्त भएको चर्चा गर्दै थापाले न्यायालय जस्तो पबित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानू बिडम्बनापुर्ण भएको बिचार ब्यक्त गरे ।

थापाले काण्डै-काण्डको पिरामिड माथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानू ढिला गर्न नहुनेमा जोड दिए ।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरुको आयोजनामा बिरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ (टुकोन)का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।