४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना वरियताकी मार्केटा एन्ड्रोसोभाले जितिन् विम्बल्डनको उपाधि



अ+ अ-

यस वर्षको विम्बल्डन ग्रान्डस्लाम प्रतियोगिता अन्तर्गत महिला एकल तर्फको उपाधि चेकोस्लोभाकियाकी टेनिस स्टार मार्केटा एन्ड्रोसोभाले जितेकी छन् ।

शनिबार भएको यस खेलमा बिना वरियताकी २४ वर्षीया मार्केटाले उपाधि जित्ने प्रबल दाबेदार मानिएकी ओन्स जाबेरलाई सोझो सेटमा पराजित गरिन् । मार्केटाले प्रतियोगिता ६–४, ६–४ ले जितेर जाबेरलाई निराश पारिन् ।

विम्बल्डन फाइनलमा पराजित भएसँगै निराश मुद्रामा ओन्स जाबेर ।

छैटौं वरियताकी २८ वर्षीया जाबेर तीन पटक ग्रान्डस्लाम प्रतियोगिताहरुमा फाइनलमा पुगेर पनि पराजित भएकी छन् । ग्रान्डस्लाम जित्ने सपना बुनेर आएकी उनी विम्बल्डनको घाँसे कोर्टमा पराजित भएसँगै कोर्टमै रोएकी थिइन् ।

मार्केटाले यसअघि सन् २०१९ मा फ्रेन्च ओपनको फाइनलसम्मको यात्रा तय गरेकी थिइन् तर फाइनलमा उनी अस्ट्रेलियाकी आश्ले बार्टीसँग पराजित भएकी थिइन् । तर त्यसपछि उनी पटक पटक घाइते हुँदै खेल जीवनलाई नियमित रुपमा अघि बढाउन सकेकी थिइनन् । गत सिजनमा उनी विम्बल्डन खेल हेर्न आएकी थिइन् ।