९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (क्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित हुनु भएको छ ।

सनिबार भएको निर्वाचनमा उनले भट्टराईले २३८ मत प्राप्त गर्नुभया भने उहाँका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत प्राप्त गर्नुभयो । अध्यक्षका उम्मेदवारहरु कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत प्राप्त गर्नुभयो ।

महासचिवमा दिपकराज भुसाल २५५ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण) भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी निर्वाचित हुनु भएको छ । सचिवमा भवनाथ हुमागाई, कोषाध्यक्षमा आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल विजयी हुनु भएको छ ।

कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित हुुनु भएको छ ।