२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (क्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित हुनु भएको छ ।

सनिबार भएको निर्वाचनमा उनले भट्टराईले २३८ मत प्राप्त गर्नुभया भने उहाँका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत प्राप्त गर्नुभयो । अध्यक्षका उम्मेदवारहरु कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत प्राप्त गर्नुभयो ।

महासचिवमा दिपकराज भुसाल २५५ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण) भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी निर्वाचित हुनु भएको छ । सचिवमा भवनाथ हुमागाई, कोषाध्यक्षमा आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल विजयी हुनु भएको छ ।

कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित हुुनु भएको छ ।