• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेपाल पाकिस्तान ‘ए’सँग पराजित



काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले हारबाट सुरुवात गरेको छ । शुक्रबार कोलम्बो कोल्ट्स क्रिकेट क्लबको मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तान ‘ए’सँग विकेटले पराजित भएको हो ।

१८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पाकिस्तानका ‘ए’का लागि तयाव ताहिरले ६७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, ओमाइर युसुफले ४० बलमा ३६, कमरन गुलामले २६ बलमा ३१, सइम अयुवले २५ बलमा २४ रन जोडे ।

बलिङतर्फ नेपालका लागि ललित राजवंशीले ३, पवन शर्राफले २ र कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२/८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जि।सी ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । अन्तिम विकेटका लागि सोमपालले ललित राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए । कुशल मल्लले १७ रन जोड्दा गुल्शन झा १९ बलमा १३ रन बनाउदै आउट भए ।

बलिङतर्फ पाकिस्तान ‘ए’का मोहम्मद वासिम जुयिनरले चार विकेट लिए । तीव्र गतिका बलर शाहबाज दाहानीले चार विकेट लिए भने मुबासिर खानले एक विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।

६ टोली सहभागिता रहेको टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।