१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक कहाँ गयो?– एमाले सांसद पन्त



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले विधेयक किन नल्याएको भन्दै प्रश्न गरेका हुन् ।

उनले एमालेको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् ।  ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन । उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु भन्नुभयो।,’ उनले भने, ‘विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ?’

प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने उनको भनाई छ ।