१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक कहाँ गयो?– एमाले सांसद पन्त



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले विधेयक किन नल्याएको भन्दै प्रश्न गरेका हुन् ।

उनले एमालेको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् ।  ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन । उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु भन्नुभयो।,’ उनले भने, ‘विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ?’

प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने उनको भनाई छ ।




भर्खरै