• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

भारतद्वारा चन्द्रयान–३ मिसन प्रक्षेपण



एजेन्सी । चन्द्रयान–२ को प्रक्षेपण भएको ३ वर्ष ११ महिना २३ दिनपछि भारतले चन्द्रयान–३ मिसन प्रक्षेपण गरेको छ ।

दिउँसो ठिक २ः३५ (भारतीय समय) बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट एलभीएम३–एम४ रकेटमार्फत चन्द्रयान–३ अन्तरिक्षमा पठाइएको हो ।

यदि यो मिसन सफल भयो भने भारत अमेरिका, रुस र चीनपछि यस्तो गर्ने चौथो देश बन्नेछ ।

चन्द्रयान–३ अन्तरिक्ष यानमा तीनवटा ल्यान्डरररोभर र प्रोपल्सन मोड्युल छन् । करिब ४० दिनपछि अर्थात २३ वा २४ अगस्टमा ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछन् । दुवैले १४ दिनसम्म चन्द्रमामा परीक्षण गर्नेछन् ।

प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्नेछ । मिसन मार्फत, इसरोले चन्द्रमाको सतह कति भूकम्पीय छ भन्नेबारे तथा माटो र धुलोको अध्ययन गर्नेछ ।

चन्द्रयान–३ आदिपुरुष फिल्मको बजेटभन्दा सस्तो
चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने हालै आएको फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो । अर्थात चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ सस्तो छ । यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।

चन्द्रयान–३ को प्रक्षेपण इसरोको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष देखाइएको छ ।