३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दै भारत, फिल्म ‘आदिपुरुष’को बजेटभन्दा सस्तो

चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दै भारत, फिल्म ‘आदिपुरुष’को बजेटभन्दा सस्तो
अ+ अ-

एजेन्सी । चन्द्रयान–२ को प्रक्षेपण भएको ३ वर्ष ११ महिना २३ दिनपछि भारतले आज चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दैछ ।

यसलाई दिउँसो २ः३५ (भारतीय समय) बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट एलभीएम३–एम४ रकेटमार्फत अन्तरिक्षमा पठाइनेछ ।

हाल क्रायोजेनिक स्टेजको प्रोपेलेन्ट फिलिंग भइरहेको छ । यदि यो मिसन सफल भयो भने भारत अमेरिका, रुस र चीनपछि यस्तो गर्ने चौथो देश बन्नेछ ।

चन्द्रयान–३ अन्तरिक्ष यानमा तीनवटा ल्यान्डरररोभर र प्रोपल्सन मोड्युल छन् । करिब ४० दिनपछि अर्थात २३ वा २४ अगस्टमा ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछन् । दुवैले १४ दिनसम्म चन्द्रमामा परीक्षण गर्नेछन् ।

प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्नेछ । मिसन मार्फत, इसरोले चन्द्रमाको सतह कति भूकम्पीय छ भन्नेबारे तथा माटो र धुलोको अध्ययन गर्नेछ ।

चन्द्रयान–३ आदिपुरुष फिल्मको बजेटभन्दा सस्तो
चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने हालै आएको फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो । अर्थात चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ सस्तो छ । यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।

चन्द्रयान–३ को प्रक्षेपण गर्नुअघि प्रधानमन्त्री मोदीले मिसनलाई शुभकामना दिएका थिए। चन्द्रयान–३ को प्रक्षेपण इसरोको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष देखाइनेछ ।

तपाईं दूरदर्शनमा पनि चन्द्रयान–३ को प्रत्यक्ष प्रक्षेपण हेर्न सक्नुहुन्छ ।