• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का

प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जलि अर्पण – फोटोफिचर



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरूले बुधबार निधन हुनुभएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । साथै उहाँहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभयो । नेकपा ९माओवादी केन्द्र०का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

आजै शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो । रासस

तस्बिरः प्रदीपराज वन्त-रासस