७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ आर्थिक वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिन्छ: मन्त्री लिम्बू



अ+ अ-

काठमडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ आर्थिक वर्षबाट धुर्मुस—सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रंगशाला निर्माणको काम पनि अघि बढ्ने बताउनु भयो ।

उहाँले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिएपनि कानूनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने बताउनु भयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भएपनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनु भयो । उहाँले अहिलेको रंगशालाको समस्यालाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा रंगशाला निर्माणको कामले गति लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कुरा छ, धुर्मुस सुन्तली फाउण्डेशनले शुरु गरेको रंगशाला, शुरु गर्ने बेलामा सबैले हाइहाइ गरे, तर पछि समस्या आयो । एउटा मान्छेले तीन, साढे तीन अर्बको रंगशाला बनाउँछ भनेर कसरी सकिन्छ । त्यो बेला नै हो सक्दैन भनेको भए हुने थियो । हामीले हौसिएर ताली पिट्ने काम गर्‍यौँ । मैले मन्त्रालयको तर्फबाट अहिलेका यो समस्यालाई सकारात्मक रुपमा लिनेछु । क्याबिनेटले राष्ट्रिय खेलकुद परिषद्मा रहेको २२ करोड रकममध्ये १२ करोड रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई अनुदान दिने भन्ने निर्णय गरेको थियो ।’

‘निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालयले कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्मा पठायो, परिषद्मा २ लाख भन्दा बढी अनुदान दिने विनियमावलीमा नसक्ने रहेछ । कसरी दिने त भनेर त्यो गराउन नसक्ने भइसकेपछि कसरी गराउने भनेर अन्तिम चरणमा राखेपले नियमावली संशोधन गर्नुपर्ने भयो । त्यसको लागि महिनौँ लाग्ला भनेर थप निर्णय गरेर महानगरपालिकालाई रकमान्तर गरेर पैसा पठाएपछि खर्च हुनसक्छ भन्ने भयो, त्यसरी प्रक्रिया बढीसकेपछिअसार मसान्तसम्म २२ करोड पैसा खर्च गर्न नसकिने भएपछि हामीले समर्पण भन्ने व्यवस्था गरेर २२ करोड रुपैयाँ फर्किएर गयो ।’

‘यो धुर्मुस सुन्तली फाउण्डेशनले शुरु गरेको गौतमबुद्ध रंगशाला बनाउनका लागि नै खर्च गर्नुपर्ने अवस्था त्यहाँबाट गर्नुपर्नेछ । क्याबिनेटबाट निर्णय भइसकेको पनि छ, यो ठिक कुरामा कुरा उठेको छ, हामीबाट खर्च गर्न नसकेर उता समर्पण भएको, सम्भवत: नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले पाउँछ र काम अघि बढ्छ ।’

मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले सरकारले घोषणा गरेको रकम पाउने बताउनु भयो । रासस