१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबार कै मूल्यमा स्थिर रहि प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।