• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेकोन एयर ऋण प्रकरण: दिपमणि र रबिन्द्रबाट २० करोड उठाउन सात दिने अल्टिमेटम



काठमाडौं: नेकोन एयरका नाममा देशका प्रमुख चार वटा बाणिज्य बैंकसँग लिएको ऋण सात दिनभित्र चुक्ता गर्न ऋण असुली न्यायाधीकरणले व्यवसायीहरु दिपमणि राजभण्डारी, रबिन्द्र श्रेष्ठ र मुकुन्दभक्त श्रेष्ठका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

न्यायाधीकरणका अनुसार, नेकोन एयरका तत्कालीन संचालक दिपमणि राजभण्डारीलाई राष्ट्रिय बाणिज्य बैंकको रु. ९६ लाख ६३ हजार, तत्कालीन एनसीसी बैंक (हाल एनआइसी एसिया बैंक) को रु. ७७ लाख ३७ हजार, नेपाल एसबिआई बैंकको रु. ४ करोड ५८ लाख ७० हजार तथा नबिल बैंकको रु. ४ करोड ४८ लाख ८९ हजार गरी जम्मा रु. १० करोड ८१ लाख सात दिनभित्र चुक्ता गर्न भनिएको छ ।

यसैगरी, नेकोनका अर्का संचालक रबिन्द्र श्रेष्ठलाई नबिल बैंकलाई रु. ४ करोड ४० लाख तथा एनआइसी एसिया बैंकको रु. ७७ लाख ३७ हजार गरी जम्मा रु. ५ करोड १७ लाख बुझाउन भनिएको छ । अर्का संचालक मुकुन्दभक्त श्रेष्ठ (हाल निधन भइसकेको) का हकवालासँग पनि नबिल बैंकको रु. ४ करोड ४० लाख असुल गर्ने सूचना जारी भएको छ ।

न्यायाधीकरणले उक्त रकममा थप ब्याज पनि तिर्नुपर्ने जनाएको छ । म्याद भित्र ऋणको साँवाब्याज बुझाउन नल्याए कानुन बमोजिम हुने र त्यसमा कुनै उजुर नलाग्ने भनिएको छ ।

नेपालको हवाई आकाशमा कुनै समय निकै लोकप्रिय नेकोन एयर केही वर्षदेखि आर्थिक संकटसँगै बन्द अवस्थामा छ ।

नेकोन एयरका संचालकहरुले बैंकको रकम वर्षौंदेखि नतिरेपछि बैंकहरुले निरन्तर पैसा उठाउन सरकारी नियामक निकायहरुसँग हारगुहार गरिरहेका छन् ।