१३ कार्तिक २०८१, मंगलवार
,
Latest
हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति विश्वकप क्रिकेट लिग–२: नेपाले स्कटल्याण्डको सामना गर्दै टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु : नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी



अ+ अ-

काठमाडौं । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।

विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८  अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका रुपमा उहाँले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान  गर्नुहुनेछ । उहाँ ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत हुनुहुन्छ । लामो समयदेखि सामाजिक  सेवामा सक्रिय उहाँले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल हुनुभएको थियो ।

लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाउनुभएको थियो । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उहाँ सफल हुनुभएको थियो ।

नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक  पदमा विजयी भएको उहाँले जानकारी दिनुभयो । क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उहाँले विज्ञप्ति जारी गर्र्दै भन्नुभयो, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”

लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।