• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा

के रोग लागेको थियो सीता दाहाललाई



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । दुर्लभ खालको पिएसपी (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी) रोगले पीडित उहाँको बिहान ८ः३३ मा निधन भएको हो ।

दुर्लभ खालको पिएसपी रोग एक लाख मानिसमध्ये ५/६ जनलाई मात्र देखिने चिकित्सकहरुले बताएका छन् । पिएसपी एउटा दुर्लभ स्नायुसम्बन्धी (न्यूरोलजिकल) विकार हो जसले शरीरको चाल, हिँड्ने र सन्तुलन र आँखाको चाललाई असर गर्छ। पिएसपी मस्तिष्कको क्षेत्रहरुमा स्नायुका कोशिकाहरुको क्षतिको कारणले हुन्छ जसले सोच र शरीरको चाललाई नियन्त्रण गर्दछ।

पिएसपी पार्किन्सन रोगभन्दा फरक छ, यद्यपि तिनीहरूका केही लक्षणहरू समान छन्।

पिएसपी सामान्यतया एक व्यक्तिको मध्य ६० को दशकमा सुरु हुन्छ जबकि पार्किन्सन रोगका लक्षणहरू सामान्यतया विकसित हुँदै जान्छन् ।

यो रोगले सामान्यतया चाँडै विकराल रुप लिन्छ र पिएसपी भएका धेरैजसो व्यक्तिहरूले लक्षण सुरु भएको तीनदेखि पाँच वर्षभित्र गम्भीर असक्षमताको सामना गर्नुपर्छ ।

नर्भिक अस्पतालका चिकित्सकहरुका अनुसार सीता दाहालको शरीरले पनि दुई वर्षदेखि प्रतिक्रिया दिन छोडेको थियो । सीतालाई २०७४ सालदेखि यो रोगले च्यापेको हो। यसको उपचारका लागि उहाँलाई सिंगापुरदेखि अमेरिकासम्म लगिएको थियो। तर ती देशमा भएका उपचारले उहाँलाई निको भएन ।

तस्बिरः प्रदीपराज वन्त-रासस